PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

हिमपात सुरु भएपछि बाजुराको तापक्रम दुई डिग्री सेल्सियसमा झर्‍यो, आगो ताप्न थाले स्थानीय



रासस

हिमपात सुरु भएपछि बाजुराको तापक्रम दुई डिग्री सेल्सियसमा झर्‍यो, आगो ताप्न थाले स्थानीय
फाइल फोटो।

बाजुरा : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बाजुरामा हिमपात भएको छ। जिल्लाको पूर्वी-उत्तरी भेगका हिमाली भेगमा वर्षासँगै हिमपात सुरु भएको हो।

पूर्वी-उत्तरी भेगको चार पालिकाका र बडीमालिका, बूढीनन्दालगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ। बिहीवारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन प्रभावित बन्दै गएको छ। वर्षासँगै हावाहुरीसमेत चल्न थालेको छ।

चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन्। मौसम बदलीका कारण जिल्लाको तापक्रम दुई डिग्री सेल्सियसमा झरेको छ।

चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ। हिमपात हुन लागेपछि कृषक खुसी भएका छन्। वर्षाका कारण लगाएको खेती सुकेर जान थालेको बेला पानी परेपछि किसानलाई राहत पुगेको छ।

जिल्लाको पूर्वी-उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ। मार्तडी-कोल्टी सडकमा पर्ने पोरखे लेकमा हिमपात भएपछि आवतजावत गर्न समस्या भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell