PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु



पहिलोपोस्ट

पीडित किसानहरुलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मिटरब्याजी समस्या समाधान गर्छु
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याजी समस्याबाट पीडित किसानहरूले भेट गरेका छन्। प्रधानमन्त्रीसँग पीडितहरुले शुक्रवार बिहान बालुवाटारमा भेट गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।

प्रधानमन्त्रीले भने, ‘अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छौँ। मिटरब्याजी समस्याले हजारौँ किसानहरू पीडित हुनुभएको छ। यसलाई मैले राम्रोसँग बुझेको छु। यसपटक तपाईँहरूको समस्या समाधान गर्ने कुरा मेरो प्राथमिकतामा छ, म समाधान गर्छु।’

प्रधानमन्त्रीसँग भेटमा किसानका प्रतिनिधिहरूले वर्तमान सरकार किसानको प्रतिनिधि सरकार भएकाले आफूहरूका समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell