PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदै

काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन्। आज बस्ने प्रदेशसभाको बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मङ्गलबार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार आज बिहान ११ बजे सर्वदलीय बैठक बस्दैछ। बैठकको निर्णयबमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आजै दिउँसो १ बजे प्रदेशसभाको बैठक आह्वान हुनेछ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० तथा नेकपा (एकीकृत समाजवादी र राप्रपाका एक–एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell