PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

मरणोपरान्त शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा



पहिलोपोस्ट

मरणोपरान्त शरीर दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन्। शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले उक्त घोषणा गरेका हुन्।

प्रधानमन्त्रीले भने, '‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।'

प्रचण्डसँगै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पनि अङ्गदान गर्ने घोषणा गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री दाहाललाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए। यस्तै, स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell