PahiloPost

May 30, 2025 | १७ जेठ २०८२

पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे



पहिलोपोस्ट

पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे

काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

आज प्रेस विज्ञप्ति जारी गरि स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनले बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ, 'मिति २०७९ साल माघ ५ मा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु।'

बिहीवार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो। निर्वाचनमा एक जनाले भने कुनै पनि उम्मेदवारलाई मत दिएका थिएनन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell