काठमाडौं : सुनचाँदी बजारमा शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख चार हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार प्रतितोला सात सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार सात सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख चार हजार रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।