PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कांग्रेसले अन्य दलसँग छलफल गरेर उपसभामुखको उम्मेदवार तय गर्ने



पहिलोपोस्ट

कांग्रेसले अन्य दलसँग छलफल गरेर उपसभामुखको उम्मेदवार तय गर्ने

काठमाडौं : नेपाली कांग्रेसले उपसभामुखमा उम्मेद्वारी दिने निर्णय गरेको छ। बिहान बसेको संसदीय दलको कार्यसमिति बैठकले उपसभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो। 'हामी प्रतिस्पर्धा गर्नुपर्ने ठाउँमा सबैमा प्रतिस्पर्धा गर्छौं,' कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

उपसभामुखको उम्मेद्वार कसलाई बनाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन। सभामुखमा आफ्नो दललाई सहयोग गरेका दलहरुसँग सल्लाह गरेर उपसभामुखको उम्मेद्वार तय गर्ने कांग्रेसले जनाएको छ। अरु दलसँग छलफलपछि दुई बजेभित्र नाम फाइनल हुने प्रमुख सचेतक लेखकले जनाए।

उपसभामुखको मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ। कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेद्वार बनाएको थियो। सभामुखमा कांग्रेसले १०० मत पाउँदा १६७ मत पाउँदै एमालेका देवराज घिमिरे निर्वाचित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell