PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सभामुख देवराज घिमिरेले लिए शपथ



पहिलोपोस्ट

सभामुख देवराज घिमिरेले लिए शपथ

काठमाडौं : नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलाई शपथ दिलाएकी हुन्।

घिमिरे नेकपा एमालेबाट सभामुखको उम्मेदवार बनेका थिए। उनको पक्षमा १६८ जनाले मत दिँदा विपक्षमा १०० मत परेको थियो। घिमिरेले आज एक विज्ञप्ति जारी गर्दै आफू नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell