
भारतीय रेस्लर विनेश फोगट, बजरंग पुनिया, साक्षी मलिकलगायतका ३० भन्दा बढी खेलाडीहरुले कुस्ती संघका अध्यक्ष बृजभुषण शरण सिंहमाथि यौन शोषण लगायतका गम्भीर आरोप लगाउँदै धर्नामा उत्रिएका छन्। यस विषयमा भारतका खेलकुद मन्त्री अनुराग ठाकुरले आज पनि खेलाडीसँग भेट गर्दैछन्। यसअघि बिहीवार पनि खेलाडी र ठाकुरबिच करिब साढे ५ घण्टा छलफल चलेको थियो।
भारतका ओलम्पिकदेखि एसियन गेम्ससम्म पदक लिएका सेलिब्रेटी खेलाडीहरु दिल्लीको जन्तरमन्तरमा कुस्ती संघविरुद्ध आन्दोलनमा उत्रिएका छन्। मन्त्रालयबाट अध्यक्ष सिंहलाई २४ घण्टाभित्र राजीनामा दिन दबाब गएको छ। तर, उनले राजीनामा दिन अस्वीकार गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
@PMOIndia @AmitShah @ianuragthakur @PTUshaOfficial pic.twitter.com/QpkxrAqLc3
— Sakshee Malikkh (@SakshiMalik) January 20, 2023
'ममाथि लागेको आरोप दीपेन्द्र हुड्डा र कांग्रेसद्वारा प्रायोजित हो। शाहीन बागको जस्तो यो धरना पनि प्रायोजित हो। म राजीनामा दिन्न,' आजतकसँगको कुराकानीमा उनले भनेका छन्, 'करियर सकिएका केही खेलाडीले ममाथि आरोप लगाएका छन्। ममाथि कुनै पनि अनुसन्धानका लागि म तयार छु। मैले केही गलत गरेको छैन भने म किन डराउँ?'
बुधवार राति भारतीय खेल मन्त्रालयले ७२ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै संघलाई पत्र काटेको थियो।
खिलाड़ी आत्मसम्मान चाहता है और पूरी शिद्दत के साथ ओलंपिक और बड़े खेलो के लिए तैयारी करता है लेकिन अगर फेडरेशन उसका साथ ना दे मनोबल टूट जाता है।लेकिन अब हम नही झुकेंगे।अपने अधिकारों के लिए लड़ेंगे।#BoycottWFIPresident#BoycottWrestlingPresident@PMOIndia @narendramodi @AmitShah
— Vinesh Phogat (@Phogat_Vinesh) January 18, 2023
के आरोप लगाइरहेका छन् खेलाडी?
भारतीय खेलाडीको आरोप यौन शोषण, मानसिक दबाब लगायतको विषयमा केन्द्रीत छ। कमनवेल्थ गेम्स र एसियन गेम्समा स्वर्ण पदक जितेकी विनेश फोगटले अध्यक्षलाई आँखामा आँखा जुधाएर गलत गरेको छैन भन्न चुनौती दिएकी छिन्।
'हामी अध्यक्षको राजीनामा चाहन्छौं र उनलाई जेल पठाउन चाहन्छौं। हामी माथि धेरै गलत भएको छ। हामी बिना प्रमाण यहाँ आएका छैनौं,' उनले भनेकी छिन्,' अध्यक्षले दुई मिनेट मेरो आँखामा आँखा जुधाएर भनुन् उनले गलत गरेका होइनन् भने। हाम्रो लडाइँ महिला खेलाडीलाई शोषणबाट बचाउने हो।'
त्यस्तै टोकियो ओलम्पिकमा कास्य पदक जितेका बजरंग पुनियाँले आफूहरुले आवाज उठाउँदा केही खेलाडीमात्र रहेकोमा अहिले ६/७ जना खेलाडीले आफूमाथि भएको शोषणबारे बोलेको दाबी गरेकी छिन्।
फेडरेशन का काम खिलाड़ियों का साथ देना, उनकी खेल की जरूरतों का ध्यान रखना होता है। कोई समस्या हो तो उसका निदान करना होता है। लेकिन अगर फेडरेशन ही समस्या खड़ी करे तो क्या किया जाए?
— Bajrang Punia 🇮🇳 (@BajrangPunia) January 18, 2023
अब लड़ना पड़ेगा, हम पीछे नहीं हटेंगे । #BoycottWFIPresident#BotcottWrestlingPresident
'हामीसँग भारतका सबै रेस्लरहरु छन्। अध्यक्षले प्रमाण पुर्याए फाँसीमा झुण्डन तयार छु भनेका थिए। हामीसँग पहिला अध्यक्षको शोषणमा परेका दुई जना महिला खेलाडीमात्र थिए अहिले ६/७ जना खेलाडी प्रमाणसहित छन्। हामी उनको राजीनामाले मात्र पनि सन्तुष्ट हुनेवाला छैनौं,' उनले भने।
केही दिनयता २०० भन्दा बढी खेलाडी धर्नामा उत्रिएका छन् उनीहरुको समर्थनमा।
सन् २०२१ को वर्ल्ड रेस्लिङ च्याम्पियनसिपमा रजत पदक जितेकी अंशु मलिकले अध्यक्ष होटलमा महिला खेलाडीको कोठाको नजिकको कोठामा बस्ने गरेको र सधैँ ढोका खुला राख्ने गरेको आरोप लगाइन्।
संघका अध्यक्ष बृजभुषण शरण सिंह यूपीको बहराइच जिल्लाको केशरगंज लोकसभा सिटबाट भारतीय जनता पार्टीका सांसद हुन्। हालसम्म उनी ६ पटक लोकसभा सदस्य निर्वाचित भइसकेका छ्न्।
उनले यस प्रकरणबारे आज सवा ४ बजे पत्रकार सम्मेलन गर्ने जनाएका छन्। उनले ट्वीट गर्दै पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपको 'पर्दाफास' गर्ने जनाएका हुन्।
सिंहले हरेक प्रतियोगितामा जानुअघि ट्रायल दिनुपर्ने नियम बनाएको र नेशनल गेम्स खेल्न नचाहने खेलाडीहरु विरोधमा उत्रिएको समेत दाबी गरेका छन्। खेलाडीले भने उनी लगायत अन्य केही प्रशिक्षकहरुमाथि पनि आरोप लगाएका छन्।