PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

रास्वपाकी इन्दिरा राना मगरले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम



पहिलोपोस्ट

रास्वपाकी इन्दिरा राना मगरले गरिन् उपसभामुखमा उम्मेदवारी दर्ता, प्रस्तावकमा सोविता गौतम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरेकी छन्। राना मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्।

समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्।

रास्वपाको शुक्रवार बसेको संसदीय दलको बैठकले राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपसभामुख आफ्नो पार्टीको भागमा परेको भन्दै चाँडै उम्मेदवार तय हुने बिहीवार सभापति तथा गृहमन्त्री रवि लामिछानेले बताएका थिए।

हाल सरकारमा रास्वपाबाट सबै खसआर्य समुदायका व्यक्ति छन्। रास्वपा समावेशी नभएको भन्दै आलोचना भइरहेको थियो। त्यसैले रास्वपाले राना मगरलाई अघि बढाएको हो।

उम्मेदवार बनाउने संसदीय दलको निर्णयपछि संक्षिप्त प्रतिक्रिया दिएकी रानामगरले आफूले आशा गरेर उपसभामुखको उम्मेदवार नभएको बताइन्। शुक्रवार उपसभामुखको मनोनयनका लागि समय तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell