PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

कांग्रेसबाट मुक्ता यादवले दिइन् उपसभामुखमा उम्मेदवारी, 'जिते निष्पक्ष भूमिका निर्वाह गर्छु'



पहिलोपोस्ट

कांग्रेसबाट मुक्ता यादवले दिइन् उपसभामुखमा उम्मेदवारी, 'जिते निष्पक्ष भूमिका निर्वाह गर्छु'

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवारमा नेपाली कांग्रेसले मुक्ताकुमारी यादवलाई अघि सारेको छ। सभामुखमा पनि महिलालाई नै अघि सारेको कांग्रेसले उपसभामुखमा यादवलाई उम्मेदवार बनाएको हो। समानुपातिकबाट सांसद भएकी यादवको प्रस्तावक बद्री पाण्डे छन्।

समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। उम्मेदवारी दर्तापछि यादवले आफूले जिते निश्पक्ष भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिइन। 'एकदमै निश्पक्ष भूमिका रहन्छ। सभामुख न्युट्रल हुन्छ नि म पनि निश्पक्ष हुन्छु,' यादवले भनिन्। 

कांग्रेसका नेताहरुले सभामुखमा महिला उम्मेदवारलाई जिताउँनुपर्ने भन्दै मत मागेका थिए। यादव मधेशी समुदायबाट उम्मेदवार बनाएको हो कांग्रेसले। सत्तारुढ दलबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगरले उम्मेदवारी दिएकी छिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell