PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चिकित्सकको निगरानीमा रहने गरी वर्षमान पुन अस्पतालबाट भए डिस्चार्ज



रासस

चिकित्सकको निगरानीमा रहने गरी वर्षमान पुन अस्पतालबाट भए डिस्चार्ज
फाइल फोटो।

काठमाडौं : चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज भएका छन्।

वंशाणुगत जण्डिसबाट पीडित नेता पुनलाई गत शनिवार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उनी शुक्रवार डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।

माघी मनाउनका लागि रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत शनिवार हेलिकप्टरोमार्फत् काठमाडौं ल्याइएको थियो। चिकित्सकले पर्याप्त आराम गर्न र धपेडी नगर्नसमेत नेता पुनलाई सुझाव दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell