PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत



पहिलोपोस्ट

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत
कर्णाली प्रदेशसभाको शुक्रवार बसेको बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा। फोटो : सुरेश आचार्य/रासस

काठमाडौं : कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन्। शुक्रवार बसेको प्रदेशसभाको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्रै विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार शुक्रवार बसेको प्रदेशसभाको बैठकबाट शर्माले विश्वासको मत लिन मंगलवार नै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको छ।

बैठकमा ४० मध्ये ३९ सांसद उपस्थित थिए। मुख्यमन्त्री शर्माको पक्षमा उपस्थित ३९ सदस्य सङ्ख्यामध्ये २५ सदस्यले मत दिएका थिए। १४ सदस्यले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गरेका थिए।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एमाले)का १० तथा नेकपा (एकीकृत समाजवादी) र राप्रपाका एक/एक, नेपाली कांग्रेसका १४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell