PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

उद्योग मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबिच भेट, के-के भयो कुराकानी?



रासस

उद्योग मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबिच भेट, के-के भयो कुराकानी?
फोटो : रासस।

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबिच आज शिष्टाचार भेटवार्ता भएको छ।

मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराए। उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए।

यस्तै, राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबिच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। साथै, भेटका क्रममा दुई देशबिचको आयात निर्यातलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell