
काठमाडौंः गृह मन्त्रालयले नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलाई लिखित पत्राचार गरेको छ। पटक पटकको मौखिक निर्देशन पालना नभएको भन्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको प्रवक्ता फणिन्दमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
असई थमन विकको हत्या अभियोग लागेका महतो प्रहरीको फरार सूचीमा छन्। फरार रहेकै अवस्थामा एमालेबाट महोत्तरी १ बाट उनी निर्वाचित भएका थिए।
निर्वाचित भएपछि शपथ समारोह तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा उनी उपस्थित भएका थिए।