
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र खुमलटार एफसी भिड्ने भिड्ने भएका छन्।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज सम्पन्न टाइसिट ड्र अन्तर्गत पहिलो खेलमा फ्रेण्ड्स क्लब र खुमलटार भिड्ने पक्का भएको हो।
लिग फागुन १९ गतेबाट सुरु हुँदैछ। उद्घाटन खेल साँझ ५:३० बजे सुरु हुनेछ।
दोस्रो दिन तीनवटा खेल हुनेछन्। एन्फाले ३५ वटा खेलका लागि तालिका सार्वजनिक गरेको छ। लिगका खेलहरु दशरथ रंगशाला, च्यासल स्टेडियम र एन्फा कम्प्लेक्समा गराउने तालिका एन्फाको छ।