
बुन्देसलिगा अन्तर्गत २०२३ को पहिलो खेलमा बायर्न म्युनिख लाइपजिगसँग बराबरीमा रोकिएको छ। गएराति रेडबुल एरेनामा भएको खेलमा बायर्न लाइपजिगसँग १-१ को बराबरीमा रोकिएको हो।
३७औँ मिनेटमा गोल गर्दै बायर्नले खेलमा आफ्नो दबदबा जमाउने कोशिस गरेको थियो। सर्ज ग्न्याब्रीको क्रसमा एरिक म्याक्सिम चोपो-मोटिङले गरेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो। बुन्देशलिगामा चोपो-मोटिङको यो सातौँ गोल हो।
सो अग्रतालाई बायर्नले दोस्रो हाफमा गुमाउन पुग्यो। लाइपजिगका मार्सेल हाल्सटेनबर्गले बायर्नका नयाँ किपर यान सोमरलाई बिट गर्दै गोल गरे।