PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

सभामुख घिमिरेले ११ बजेको लागि बोलाए सर्वदलीय बैठक



रासस

सभामुख घिमिरेले ११ बजेको लागि बोलाए सर्वदलीय बैठक
फाइल फोटो।

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन्।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो।

घिमिरे यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell