PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायती प्रधानमन्त्रीलाई जरिवाना



पहिलोपोस्ट

कारमा सिट बेल्ट नलगाएको भन्दै बेलायती प्रधानमन्त्रीलाई जरिवाना

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारभित्र 'सिट बेल्ट' नलगाएको भन्दै जरिवाना गरिएको छ। लानकेसिर प्रहरीले ४२ वर्षीय सुनकलाई 'फिक्स्ड पेनाल्टी' भर्न भनेको हो।

सुनकले उत्तरी इङ्ग्ल्याण्डमा रहँदा सामाजिक संजालमा पोस्ट गर्न 'सिट बेल्ट' नलगाइ कारको पछाडिको सिटमा बसेर भिडियो सुट गरेका थिए। सरकारको एक योजनाको 'प्रोमोसन'का लागि उनले कारमा नै सो भिडियो बनाएका थिए। सो भिडियो उनको इनस्टाग्राम अकाउन्टमा राखिएको थियो।

बेलायतको प्रधनमन्त्री कार्यालयले प्रधानमन्त्री सुनकले आफ्नो गल्ती स्वीकार गरेको र उनले माफी मागेको जनाएको छ।

सिट बेल्ट बिना यात्रा गर्ने यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्ने अधिकार प्रहरीलाई दिइएको छ। प्रहरीले तोकेको जरिवाना २८ दिन भित्र तिर्नुपर्ने हुन्छ। यदि कसैले प्रहरीको सो जरिवानाविरुद्ध लड्ने बताए प्रहरीले मुद्दा पुनरावलोकन गर्न र जरिवाना मिनाहा गर्ने कि मुद्दालाई अदालतमा लग्न निर्णय गर्छ। यदी यस्तो मुद्दा अदालतसम्म गएमा सो व्यक्तिलाज्ञ ५०० पाउन्डसम्म जरिवाना हुने प्रावधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell