
काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ।
उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबिच प्रतिस्पर्धा हुँदैछ।
मगरलाई उपसभामुखमा रास्वपाकी सोविता गौतमले प्रस्ताव गरेकी हुन्। समर्थकमा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)की नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन्।
यता, कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यादवको समर्थकमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन्। यादव नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत हुन्।
हेर्नुस लाइभ :