PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

माघ १० गतेबाट काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने



पहिलोपोस्ट

माघ १० गतेबाट काठमाडौं महानगरका वडाबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाका वडाबाट पनि राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन हुने भएको छ। माघ १० गतेबाट काठमाडौं महानगरको वडाबाटै विवरण संकलन कार्य हुने भएको हो।

विवरण संकलनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले वडाध्यक्ष र सचिवहरुलाई अभिमुखीकरण समेत दिइसकेको छ।

यसअघि राष्ट्रिय सभा गृहबाट मात्रै काठमाडौं महानगरपालिकावासीको विवरण राष्ट्रिय परिचय पत्रका लागि संकलन हुने गरेको थियो। काठमाडौंका अन्य पालिकाहरुमा वडास्तरबाटै विवरण संकलन हुने भए पनि महानगरमा सुरु नहुँदा महानगरवासीले सास्ती ब्यहोर्नु परेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell