PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

शेरबहादुर र चिनियाँ राजदूतबिच भेट, 'दुई पार्टी बिचको सम्बन्धबारे गहिरो विचार आदानप्रदान'



पहिलोपोस्ट

शेरबहादुर र चिनियाँ राजदूतबिच भेट, 'दुई पार्टी बिचको सम्बन्धबारे गहिरो विचार आदानप्रदान'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चीनका राजदूत चेन सोङबिच आज भेटवार्ता भएको छ।

राजदूतका रुपमा कार्यभार सम्हाल्न केहीहप्ता अघिमात्रै काठमाडौं आएका सोङ हाल राजनीतिक भेटघाटमा व्यस्त छन्। यसैबिच सोङले आज धुम्बराही पुगेर देउवासँग भेट गरेका हुन्।

भेटका क्रममा दुई देश तथा दुई पार्टी बिचका सम्बन्ध बारेमा गहिरो विचार आदानप्रदान भएको चिनियाँ दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell