PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

माइतीघरमा नागरिक उड्डयन प्राधिकरणलाई प्रश्न : तिम्रो अव्यवस्थापनको सिकार कहिलेसम्म बन्नुपर्ने?

माइतीघरमा नागरिक उड्डयन प्राधिकरणलाई प्रश्न : तिम्रो अव्यवस्थापनको सिकार कहिलेसम्म बन्नुपर्ने?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नागरिक उड्डयन प्राधिकरणमा भएको बेथितिविरुद्ध 'हामी नेपाली' समूहले माइतीघरमा विरोध प्रदर्शन गरेको छ।

पोखराको सेती खोंचमा भएको यति एयरको विमान दुर्घटनापछि नेपालको हवाई क्षेत्रबारे प्राधिकरणको भूमिका माथि पनि प्रश्न उठिरहेको छ। यसैबिच हामी नेपालले विभिन्न माग राखेर आज प्रदर्शन गरेको हो। सो समूहले पोखरामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जालीसमेत व्यक्त गरेका थिए।

सो कार्यक्रममा प्राधिकरणलाई दबाब दिन हस्ताक्षर अभियानसमेत संचालन गरिएको थियो। त्यसक्रममा युवाहरुले विभिन्न नारा लेखिएका ब्यानरहरु समेत प्रदर्शन गरेका थिए।

हामी नेपाली समूहले प्राधिकरणमा राजनीतिक नियुक्त बन्द गरि विशेषज्ञ र अनुभवी महानिर्देशक नियुक्त हुनुपर्ने, १० वर्षभन्दा पुराना विमानको आयात बन्द हुनुपर्ने, प्राधिकरणाई छुट्टै स्वतन्त्र नियामक निकाय बनाउपर्ने, पाइलट र चालक दलका सदस्यहरलाई काम गर्ने वातावरण बनाउनुपर्ने लगायत ८ बुँदे माग राख्दै प्रदर्शन गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell