PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

उपसभामुखको चुनावमा को को भए गयल? यी हुन् मतदान नगर्ने ९ सांसद



पहिलोपोस्ट

उपसभामुखको चुनावमा को को भए गयल? यी हुन् मतदान नगर्ने ९ सांसद

काठमाडौंः शनिबार प्रतिनिधि सभाको उपसभामुख चयन भएको छ। माघ ५ गते सभामुख चयन भएलगत्तै आज उपसभामुख निर्वाचन भएको हो। उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छिन्। 

रानाको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको छ। १ मत तटस्थ रह्यो। 

मतदानका क्रममा ९ सांसद अनुपस्थित रहे। सभामुख देवराज घिमिरे र कांग्रेस सांसद टेकबहादुर गुरुङको मताधिकार थिएन। गुरुङ भ्रष्टाचार मुद्दाका कारण निलम्बनमा छन्। घिमिरेल बराबरी भएको अवस्थामा मात्र मत दिन पाउँछन्। 

शनिबारको मतदानमा सबैभन्दा बढी कांग्रेस र नेकपा (एकीकत समाजवादी) का तीन तीन जना सांसद अनुपस्थित भएका छन्। कांग्रेसका बिनाकुमारी थनैत, मनोरमा शेरचन र सपना राजभण्डारी अनुपस्थित भए। यस्तै एकीकृत समाजवादीका कृष्णबहादुर श्रेष्ठ, धनबहादुर बुढा र राजेन्द्र प्रसाद पाण्डे अनुपस्थित भए। 

माओवादी केन्द्रका वर्षमान पुन विरामी परेकाले पछिल्ला दिनमा प्रतिनिधि सभामा उपस्थित भएका छैनन्। शनिबार पनि पुन उपस्थित भएनन्।

यस्तै, फैजदारी अभियोगमा प्रहरीको फरार सूचीमा रहेका एमालेका लक्ष्मी महतो पनि मतदानका क्रममा अनुपस्थित रहे। राप्रपाका धवल शमशेर जबरा पनि मतदानमा सहभागी भएनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell