PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

गोलरहित बराबरीमा रोकिए चेल्सी र लिभरपुल



पहिलोपोस्ट

गोलरहित बराबरीमा रोकिए चेल्सी र लिभरपुल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन्। एनफिल्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली लिभरपुल चेल्सीसँग गोलरहित बराबरीमा रोकिएको हो।

पछिल्ला खेलहरुमा लय गुमाएका यी दुबै टोलीले आजको खेलमा पनि लय राम्रो देखिउन सकेनन्। खेलको सुरुमै चेल्सीका काइ हाभर्ट्जको गोललाई रेफ्रीले अफसाइड करार दिए। त्यसपछिका दुबै टोलीका प्रयास सफल हुन सकेनन्।

बराबरीमा रोकिएसँगै लिग उपाधिको दाबेदार मानिएका दुबै टोली अंकतालिकामा कमजोर अवस्थानमा छन्। १९ खेलबाट २९ अंक जोडेको लिभरपुल आठौँ स्थानमा रहँदा २० खेलबाट समान २९ अंक जोडेर चेल्सी १० औं स्थानमा छ। लिगमा बलिया मानिएका यी टोली मिडटेबलमा संघर्ष गरिहँदा लिग लिडर आर्सनलले १८ खेलबाट ४७ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell