PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

एभर्टनमाथिको जितले वेस्टहमलाई राहत, प्रिमियर लिगका चार खेल बराबरीमा रोकिए



पहिलोपोस्ट

एभर्टनमाथिको जितले वेस्टहमलाई राहत, प्रिमियर लिगका चार खेल बराबरीमा रोकिए
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टहम युनाइटेडले एभर्टनलाई हराएको छ। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीले एभर्टनलाई २-० गोलअन्तरले हराएको हो।

घरेलु टोलीलाई जित दिलाउन दुबै गोल जारोड बोवेनले गोल गरे। खेलको ३४ औं मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाएका उनले दोस्रो गोल ४१ औं मिनेटमा मिचाइल एन्टोनियोको पासमा गरे। त्यसपछि दुबै टोलीले गोल थप्न नसक्दा खेल वेस्टहमले २-० ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको वेस्टहमलाई राहत मिलेको छ। २० खेलबाट १८ अंक जोडेर वेस्टहम १५ औं स्थानमा उक्लँदा एभर्टनभने १५ अंक जोडेर १९ औं स्थानमा रेलिगेशनको भयसँग जुधिरहेको छ।

गएराति नै सम्पन्न प्रिमियर लिगका चार खेलहरु बराबरीमा रोकिए। चेल्सी र लिभरपुल तथा न्युक्यासल र क्रिस्टल प्यालेस गोलरहित बराबरीमा रोकिँदा बर्नेमाउथ र नटिङ्घम फरेस्ट १-१ तथा लेस्टर सिटी र ब्राइटोन २-२ गोलको बराबरीमा रोकिए। त्यस्तै अर्को खेलमा एस्टोन भिल्लाले साउथह्याम्टनलाई १-० गोलअन्तरले हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell