PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

गुगलमा आर्थिक मन्दीको असर : १२ हजार कर्मचारी कटौती गरिँदै



पहिलोपोस्ट

गुगलमा आर्थिक मन्दीको असर : १२ हजार कर्मचारी कटौती गरिँदै

काठमाडौं : प्रविधिमा आधारित कम्पनीहरुले आर्थिक मन्दीका कारण खर्च घटाउन थालेका छन्। यस क्रममा गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने भएको छ।

संसारभरि 'टेक कम्पनी'हरुमा कर्मचारी कटौती गर्ने सिलसिला हाल नरोकिने देखिएको छ। केही समययता मेटा, अमेजन, माइक्रोसफ्ट लगायतका 'टेक जायन्ट'हरूले निरन्तर खर्च कटौती गर्न कर्मचारी घटाउँदै आएका छन्। 

भर्खरै मात्रै माइक्रोसफ्टले १० हजार र अमेजनले १८ हजार जनाको जागिर कटौती गर्ने घोषणा गरेको थियो। 

गुगल र अल्फाबेटका सीईओ सुन्दर पिचाईले आन्तरिक इमेलमा कटौतीको ‘पूर्ण जिम्मेवारी’ लिएको बताएका छन्। यस कटौतीमा मुख्यत: मानव संसाधन र ईन्जिनियरिङ युनिटका कर्मचारीहरु पर्ने भएका छन्। यसले विश्वव्यापी रूपमा अल्फाबेटको ६ प्रतिशत कार्यबललाई असर गर्नेछ।

पिचाईले कर्मचारीहरूको काम र कडा परिश्रमलाई सराना गर्दै उनीहरूको ‘योगदानहरू अमूल्य भएको’ बताएका छन्।

उनले लेखेका छन्, ‘यद्यपि यो संक्रमण सजिलो हुने छैन। हामी कर्मचारीहरूलाई अर्को अवसर खोज्दै गर्दा सहयोग गर्नेछौं। तबसम्म, कृपया यो कठिन समाचारलाई आत्मसात गर्दा आफ्नो ख्याल राख्‍नुहोस्।’

कम्पनीज हाउसको पछिल्लो फाइलिङ अनुसार गुगलको बेलायतमा ५ हजार ५०० भन्दा बढी कर्मचारीहरू छन्। तर, यी मध्ये कतिलाई कटौतीले असर गर्छ भन्ने हाल स्पष्ट छैन।

कटौतीमा परेका अमेरिकी कर्मचारीहरूको लागि पिचाईले 'सिभरेन्स प्याकेज' घोषणा गरेका छन्। यस अन्तर्गत उनहरूले कम्तीमा १६ हप्ताको तलब, गत वर्षको बोनस, 'पेड लिभ' को रकम र ६ महिनाको स्वास्थ्य कभरेज प्राप्त गर्नेछन्।

वाल स्ट्रीटले भने यस कटौतीलाई स्वागत गरेको छ। स्टक बजार खोल्नु अघि अल्फाबेट सेयरहरू इलेक्ट्रोनिक ट्रेडिङमा ३.५ प्रतिशतले बढेको थियो ।

विश्लेषकहरूले प्राविधिकका ठूला कम्पनीहरू पहिले दीघर्कालिन सुस्त माग नदेखि अति खर्च गरेको बताएका छन्। वेडबस सेक्युरिटीजका ड्यानियल इभ्सले यी कटौतीहरूले ‘हाइपर ग्रोथ’ मा आधारित क्षेत्रहरूमा गैरजिम्मेवार खर्चलाई 'हाइलाइट' गरेको तर्क गरेका छन्।

‘वास्तविकता भन्नु पर्दा टेक जायन्टहरूले चाहिने भन्दा धेरै कर्मचारी भर्ती गरे, जुन दिगो थिएन,’ उनले भने।

टेक साइट लेअफस डट एफवाईइका अनुसार गत वर्षको सुरुवातदेखि अमेरिकामा लगभग १ लाख ९४ हजार कर्मचारीहरूले आफ्नो जागिर गुमाएका छन्।

हेवलेट प्याकार्ड र क्लाउड कम्प्युटिङ जायन्ट सेल्सफोर्सले पनि यस महिना ठूलो कटौतीको घोषणा गरेको थियो। व्यापक मुद्रास्फीति र बढ्दो ब्याज दरले कारोबार वृद्धि सुस्त भएको कारण यी कम्पनीहरू सो कदम चालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell