PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

सुनको मूल्य घट्यो



पहिलोपोस्ट

सुनको मूल्य घट्यो

काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि कारोबार मूल्य प्रतितोला एक लाख ५ हजार रुपैयाँ भएको छ।

गत साताको अन्तिम दिनको तुलनामा सुन तोलामा २ सय रुपैयाँले घटेको हो।बिहीबारका तुलनामा तोलामा ७ सय बढ्दा शुक्रबार कारोबार मूल्य प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँ थियो। गत पुसदेखि नै तोलाको एक लाखभन्दा माथि लागेको सुनको मूल्यमा ठूलो गिरावट आएको छैन।

चाँदीको मूल्य भने आइतबार प्रतितोला १३ सय ७५ रुपैयाँमा स्थिर छ। बिहीबारका तुलनामा गत शुक्रवार २० रुपैयाँ बढ्दा उक्त मूल्य कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबारको मूल्य थोरै बढेको छ। सुन प्रतिऔंस १९२६.०६ डलरमा कारोबार भइरहेको छ। गत शुक्रवार सुन प्रतिऔंस १९२४.४३ डलर थियो।

चाँदी प्रतिऔंस २३ ९९ डलर छ। शुक्रबार २३.८ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell