PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

असामका मुख्यमन्त्री शर्माको प्रश्न : शाहरुख खान को हो?



पहिलोपोस्ट

असामका मुख्यमन्त्री शर्माको प्रश्न : शाहरुख खान को हो?

शाहरुख खान र दीपिका पादुकोण अभिनित बलिउड फिल्म ‘पठान’ जनवरी २५  मा रिलिज हुँदैछ। रिलिज अघि विवादित बनेको ‘पठान’ माथि भारतको असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले प्रतिक्रिया दिएका छन।

एक कार्यक्रममा पत्रकारले मुख्यमन्त्री शर्मालाई बजरंग दलका कार्यकर्ताहरुले फिल्मको विरोध गरेको बारे प्रश्न सोधेका थिए। जवाफमा शर्माले भने, ‘शाहरुख खान को हुन? मलाई शाहरुख र पठानको बारेमा केही थाहा छैन।’

यसै क्रममा पत्रकारले शाहरुख खान बलिउड सुपरस्टार भएको भन्दै मुख्यमन्त्रीलाई जवाफ दिए। त्यसपछि शर्माले हिन्दी फिल्मको नभएर आफ्नो राज्यको फिल्मको चिन्ता गर्न अनुरोध गरे।

‘मानिसले हिन्दी सिनेमाको होइन आफ्नो क्षेत्रको चिन्ता गर्नुपर्छ। असमिया फिल्म ‘डा बेजबरुआ २’ चाँडै रिलिज हुँदैछ। तपाईंहरुले हेर्नु होला।’

शुक्रबार गुवाहाटीमा बजरंग दलका कार्यकर्ताले फिल्म ‘पठान’को विरोधमा नारंगी थिएटरमा तोडफोड गरेका थिए। कार्यकर्ताले फिल्मको पोस्टर च्यातेर जलाएका थिए। त्यसबारेमा सोध्दा शर्माले भने, ‘बलिउडका धेरैले समस्या लिएर बोलाए पनि खानले मलाई फोन गरेनन्, यदी उनले (शाहरुख खान) बोलाए भने म यो विषयमा हेर्छु। कानूनी व्यवस्था उल्लंघन गरेको भए मुद्दा दर्ता गरि कारबाही हुन्छ।’

केही समयअघि फिल्मको गीत ‘बेशर्म रंग’ रिलिजसँगै यो फिल्म विवादित बन्न पुगेको थियो। गीतको भिडियोमा दीपिकाले ‘भगवा’ रंगको बिकिनी लगाएर हिन्दूहरूको भावनामा चोट पुर्‍याएको र गीतको भिडियोले अश्लीलता फैलाएको भनि भारतमा विरोध भएको थियो।  उग्र हिन्दुवादी संगठन र केही नेताहरुले यस फिल्मलाई बहिष्कार गर्नुपर्ने माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell