PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

पोखराबाट काठमाडौं ल्याइएका १४ शवको पहिचान गर्न समस्या



पहिलोपोस्ट

पोखराबाट काठमाडौं ल्याइएका १४ शवको पहिचान गर्न समस्या

काठमाडौं : पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ। काठमाडौँ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार ती शव अत्यधिक जलेको हुनाले फरेन्सिक विधिबाट शव पहिचान हुन समस्या भएको हो।

'ती शव अत्यधिक रुपमा जलेको हुनाले हामीलाई फरेन्सिक विधिबाट शव पहिचान गर्न समस्या भएको छ', उनले भने, 'आज साँझसम्म पनि हामी शव पहिचान गर्ने कोसिस गर्दछौँ।'

उनका अनुसार फरेन्सिक विधिबाट शव पहिचान गर्न नसकेमा ‘डिएनए’ परीक्षणबाट पहिचान गरिनेछ। नेपाल प्रहरीको प्रयोगशालामा ती शवको डिएनए परीक्षण गरिने विभागका प्रमुख डा चौधरीले बताए। डिएनए परीक्षणबाट शव पहिचान गर्नका लागि कम्तीमा २२ दिन लाग्ने उनले जानकारी दिए।

फरेन्सिक परीक्षणका लागि काठमाडौंमा ४८ शव ल्याइएको थियो। यस्तै पोखरामा २२ जना फरेन्सिक परीक्षण गरिएको छ।

यही माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा चार चालक दलका सदस्यसहित ७२ जनाको निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell