PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

टुँडिखेलमा सोनाम ल्होछार : तागी र गोइलोमा चिटिक्क प्रचण्ड

टुँडिखेलमा सोनाम ल्होछार : तागी र गोइलोमा चिटिक्क प्रचण्ड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सोनाम ल्होछारको उपलक्ष्यमा आज टुँडिखेलमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको छ। यो कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टुँडिखेल पुगेका छन्।

कोट पाइन्ट लगाएर मञ्चमा उक्लिएका प्रचण्डलाई आयोजकले तामाङ पोसाक लगाइदिएका छन्। नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले प्रचण्डले तागी (टोपी) र गोइली (तामाङ पोसाक) लगाइदिएका हुन्।

तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। आजदेखि बिरालो वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell