PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

दुई जना तामाङ केही समयभित्रै मन्त्री हुँदैछन् : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

दुई जना तामाङ केही समयभित्रै मन्त्री हुँदैछन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही समयमै दुई जना तामाङ मन्त्री बन्ने वचन दिएका छन्। तामाङ समुदायको महान पर्व ल्होछारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित शुभकामना सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्।

'मन्त्रीका कुरा पनि उठे। मोहन गोलेले पनि कडै राख्नुभयो। जनजाति महासंघले पनि कानमै पर्ने गरी भन्नुभयो

हितबहादुरजीले मिठोसँग भन्नुभयो मैले भन्नुपर्ने कुरा उहाँलाई विशेष धन्यवाद। तामाङ समुदायबाट हितबहादुर तामाङजीलाई मन्त्री बनाएकै हो। कुमारी मोक्तानलाई पनि। शेरबहादुर तामाङलाई नेकपा कालमा बनाएकै हो। दावा तामाङलाई पनि बनाएकै हो,' प्रधानमन्त्रीले भने, 'केही समयभित्रै तामाङको छोरा पनि मन्त्री बनाउँछु मैले तामाङको छोरी पनि बनाउँछु मैले। एक तामाङको छोरो र एक तामाङको छोरी मन्त्री छिट्टै हुँदैछ। धेरै तनाव लिएर घरमा नजानुस्।'

प्रचण्ड सरकारमा तामाङ समुदायबाट कोही पनि मन्त्री नबनेको भन्दै वक्ताहरुले प्रश्न उठाएपछि प्रधानमन्त्रीले उक्त वचन दिएका हुन्। मन्त्रिपरिषद कहिले विस्तार हुने र कसलाई मन्त्री बनाउने भन्ने विषयमा भने प्रचण्डले खुलाएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell