PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बिरालो वर्षको स्वागतमा टुँडिखेलमा यसरी झुमे तामाङ समुदाय

बिरालो वर्षको स्वागतमा टुँडिखेलमा यसरी झुमे तामाङ समुदाय

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तामाङ समुदाय र ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदाका दिन आज सोनाम ल्होछार मनाएका छन्। देशभर विभिन्न कार्यक्रम गरेर यो समुदायले नयाँ वर्षको स्वागत गरिरहेका छन्।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५९ औँ वर्ष सुरु हुन्छ। आजदेखि बिरालो वर्ष प्रवेश भएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गोरु, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ।

ल्होछारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ। यस वर्ष बुधवार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।  

बिरालो वर्षमा प्रवेश गरेको खुशिलायालीमा आज काठमाडौंको टुँडिखेलमा बृहत् सांस्कृति कार्यक्रम आयोजना गरियो। सो कार्यक्रममा तामाङ भेषभूषामा बालबालिकादेखि वृद्धवृद्धा उपस्थित थिए।



ट्रेन्डिङ पोस्ट

Ncell