PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

रियल मड्रिडले बिल्बाओलाई हरायो, शीर्षस्थानमा बार्सिलोना नै



पहिलोपोस्ट

रियल मड्रिडले बिल्बाओलाई हरायो, शीर्षस्थानमा बार्सिलोना नै
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई हराएको छ। सान मामेस बारियामा सम्पन्न खेलमा घरेलु टोली रियल मड्रिडसँग ०-२ गोलअन्तरले पराजित भएको हो।

खेलको २४ औं मिनेटमा करिम बेञ्जेमाले मार्को एसेन्सियोको पासमा गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो गोल टोनी क्रुसले ९० औं मिनेटमा रोड्रिगोको पासमा गरे।

गएराति नै सम्पन्न अर्को खेलमा शीर्ष स्थानको बार्सिलोनाले पनि जित निकाल्दा मड्रिडले शीर्ष स्थानमा उक्लने अवसर भने पाएन। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले गेटाफेमाथि १-० गोलको संघर्षपूर्ण जति निकालेको थियो। बार्सिलोनाको जितमा पेड्रीले ३५ औं मिनेटमा निर्णायक गोल गरे।

योसँगै १७ खेलबाट ४४ अंक जोडेको बार्सिलोना ला लिगाको शीर्षस्थानमा रहँदा रियल मड्रिड समान खेलबाट ४१ अंक जोडेर दोस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell