PahiloPost

May 27, 2026 | १३ जेठ २०८३

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको रोमाञ्चक जित



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको रोमाञ्चक जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले ३-२ गोलको पुनरागमन जित निकालेको हो।

खेलको १७ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै मार्कस रासफोर्डले युनाइटेडलाई अग्रता दिलाएका थिए। तर, २४ औं मिनेटमा ग्रानिस साकाको पासमा एड्डि एनकेटिआले गोल फर्काउँदै खेल बराबरीमा ल्याए।

दोस्रो हाफमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। तर, ५९ औं मिनेटमा युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले गोल गर्दै फेरि खेल बराबरीमा ल्याए। आर्सनल जितमा निर्णायक गोल ९० ‍‍औं मिनेटमा एनकेिटआले गरे।

जितसँगै आर्सनलले शीर्षस्थानको वर्चस्वलाई कायम राख्न सफल भएको छ। आर्सनलले १९ खेलबाट ५० अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानको म्यानचेस्टर सिटीले २० खेलबाट ४५ अंक जोडेको छ। युनाइटेड २० खेलबाट ३९ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell