PahiloPost

Apr 17, 2025 | ४ बैशाख २०८२

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच बालुवाटारमा भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबिच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दाहाल र घिमिरेबिच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

सभामुखमा निर्वाचित भएपछि घिमिरेले पहिलोपटक प्रधानमन्त्रीलाई भेटेका हुन्। नेकपा (एमाले)का सांसद घिमिरे यही माघ ५ गते सत्ता साझेदार दलको समर्थनमा सभामुख पदमा निर्वाचित भएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत राजनीतिक दलले समर्थन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell