PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

शैली थिएटरमा आजदेखि भवानी भिक्षुको कथा ‘माउजङ बाबुसाहेबको कोट’ मञ्चन हुने



पहिलोपोस्ट

शैली थिएटरमा आजदेखि भवानी भिक्षुको कथा ‘माउजङ बाबुसाहेबको कोट’ मञ्चन हुने

काठमाडौं : चर्चित कथाकार भवानी प्रसाद गुप्ता (भवानी भिक्षु)को कथा ‘माउजङ बाबुसाहेबको कोट’ मञ्चन हुने भएको छ। रातोपुलस्थित शैली थिएटरमा आजदेखि मञ्चन हुने नाटक माघ २५ गतेसम्म चल्नेछ।

विवेक न्यौपानेको निर्देशन रहेको नाटकमा सविन न्यौपानेको नाट्य रूपान्तरण रहेको छ। यो कथा भिक्षुले धेरै पहिले लेखेको भएपनि अहिलेको समाजसँग पनि मिल्दोजुल्दो भएर नाटकमा रुपान्तरण गरेको सविनले बताए।

भवानी भिक्षुद्वारा लिखित कथा ‘माउजङ बाबुसाहेबको कोट’ एक विर्तावाल घरानियाँ राणा अर्थात माउजङ बाबुसाहेबको मनोविज्ञानमा आधारित कथा हो। कथाका मुख्य पात्र माउजङलाई राणा खानदान सम्बन्धित व्यक्तिबाट एउटा ओभरकोट बक्सिस दिइएको हुन्छ।

जुन कोट उनको सबथोक हुन्छ। तर, राणाकाल अन्त्यसँगै कोटको मानसम्मानमा आएको गिरावटसँगै माउजङ बाबुसाहेबमा उत्पन्न हुने मनोविज्ञानलाई कथामा समेटिएको छ।

यस नाटकमा सरोज अर्याल, रीता थापा, सन्तोष थापा, सानु पाण्डेय, दिवाकर घिमिरे, प्रनेश गौतम, सबिन लुईटेल र सुनिल खड्काको अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell