PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट



रासस

प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट
फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबिच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell