PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

नेपाल टी २० लिग ‘स्पट फिक्सिङ’ : मोहम्मद आदिल आलम र मेहबुब आलम प्रहरी नियन्त्रणमा



सविन ढकाल

नेपाल टी २० लिग ‘स्पट फिक्सिङ’ : मोहम्मद आदिल आलम र मेहबुब आलम प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रहरीले नेपाल टी २० लिगका खेलहरुमा ‘स्पट फिक्सिङ’ को आरोपमा दुई जना खेलाडीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेहबुब आलम र मोहम्मद आदिल आलमलाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर व्यूरो ल्याउने तयारी गरेको छ।

मोहम्मद आदिल आलम नेपाली राष्ट्रिय टोलीका युवा अलराउण्डर हुन्। घरेलु क्रिकेटमा आक्रामक ब्याटिङ गर्ने उनले ६ एकदिवसीयमा ७० र ८ टि २० अन्तर्राष्ट्रियमा ११० रन बनाएका छन्। बलिङतर्फ एकदिवसीय अन्तर्राष्ट्रियमा ६ र टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका छन्।

नेपाली टोलीका पूर्व खेलाडी मेहबुब आलमले मोजाम्बिकविरुद्ध १० विकेट लिएर विश्वकीर्तिमान बनाएका थिए।

सीआइबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो। जसमा ५ जना अधिकृत प्रहरी रहेका छन्। समितिले अनुसन्धान फाइल बुझाउने तयारी गरेको छ।

नेपाल टी २० लिगको मुख्य आयोजक सेभेनथ्री स्पोर्ट्स हो। आयोजनाको लागि नेपाल क्रिकेट संघ क्यानको साझेदार सेभेनथ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया हुन्। अहिले अलुवालिया सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell