PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'जारी' को फस्टलुक यस्तो, तोकियो प्रदर्शन मिति



पहिलोपोस्ट

'जारी' को फस्टलुक यस्तो, तोकियो प्रदर्शन मिति

काठमाडौं : फिल्म 'जारी' को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ।  दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको यो फिल्म आगामी वैशाख १ गते प्रदर्शन हुनेछ।

सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुना फिचर्ड छन्। उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्ममा रामबाबु गुरुङको लगानी रहेको छ। 

फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ। लिम्बु समुदायको 'जारी' प्रथामा आधारित फिल्ममा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइएको छ।

यसअघि दयाहाङ र मिरुना ‘कबड्डी - ४’ मुख्य भूमिकामा देखिएका थिए। उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड राखेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell