PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त



पहिलोपोस्ट

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकार नियुक्त भएका छन्। उनलाई दाहालले सोमवार राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। गजुरेलले प्रधानमन्त्रीले आफूलाई सल्लाहकार नियुक्त गरेको पुष्टि गरे।

प्रतिनिधि सभा निर्वाचनमा गजुरेलले टिकट पाएका थिएनन्। उनले पछिल्लो समय आफू पार्टीका काममा केन्द्रित भएको बताएका थिए। माओ‌वादी केन्द्रको महासचिवमासमेत आकांक्षा राखेका उनलाई दाहालले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell