PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

अमेरिकामा १० जनाको गोली हानेर हत्या गरेको अभियोगमा खोजी भइरहेका व्यक्ति मृत फेला



पहिलोपोस्ट

अमेरिकामा १० जनाको गोली हानेर हत्या गरेको अभियोगमा खोजी भइरहेका व्यक्ति मृत फेला
Photo : Reuters

अमेरिकाको लस एन्जलस नजिकै रहेको 'बलरुम डान्स स्टुडिसयो'मा गोली हानेर १० जनाको हत्या गरेका एक व्यक्तिलाई प्रहरीले मृत अवस्थामा फेला पारेको छ। क्यालिफोर्निया प्रहरीले ७२ वर्षीय हु कान ट्रानलाई सेतो भ्यानमा मृत अवस्थामा भेटेको हो।

एल एन्जलसका काउन्टी सेरिफ रोबर्ट लुनाले ट्रानलाई गोली लागेको अवस्थामा प्रहरीले भेटेको र घटनास्थलमै मृत घोषित गरिएको जानकारी दिएका छन्।

प्रहरीले ट्रानले गोली चलाउनुको कारण फेला पार्न सकेको छैन। सो घटनामा थप १० जना घाइते भएका छन्। घाइते सबैजना ५० देखि ६० वर्ष उमेर समूहका देखिए। मोनेटरे पार्कमा लुनार नयाँ वर्ष मनाइँदै गर्दा यो घटना भएको हो। मृतकहरुमा पनि वृद्धवृद्धाहरु रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell