PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जितुसँगको 'केमस्ट्री' साम्राज्ञीलाई कस्तो लाग्यो?



पहिलोपोस्ट

जितुसँगको 'केमस्ट्री' साम्राज्ञीलाई कस्तो लाग्यो?

काठमाडौं : फिल्म ‘ह्यारीकी प्यारी’ मा जितु नेपालसँगै साम्राज्ञी राज्य लक्ष्मी शाह मुख्य भूमिकामा छिन्। पहिलोपटक फिल्ममा सहकार्य गरेका दुवैले यसपटक फरक जनराको फिल्ममा काम गरेका हुन्।

जितुले यसअघि कमेडी फिल्ममा अभिनय गर्दै आएका थिए भने साम्राज्ञी  रोमान्टिक जनराका फिल्ममा देखिएकी थिइन्। त्यसैले दर्शकका लागि जितु र साम्राज्ञीको 'केमेस्ट्री' नयाँ हुनसक्छ।

तर, साम्राज्ञीले भने आफूहरु फरक जनराको फिल्मबाट आएको भएता पनि जितुसँग काम गर्न भने सहज भएको बताइन्।

‘हाम्रो केमेस्ट्री जमेको छ। जुन स्क्रिनमा पनि देखिन्छ। मैले अहिलेसम्म जति फिल्म खेलें त्यसमा लगभग आफ्नै उमेरका को एक्टरहरु हुनुहुन्छ। तर, जितु दाई म भन्दा ठूलो भएर मलाई सजिलो पनि भयो। किनभने उहाँमा परिपक्कता र अनुभव छ। जुन कुरा मैले पनि सिक्न पाउँछु,’ उनले फिल्म प्रोमोसनका लागि आयोजित एक कार्यक्रममा भनिन्।

साथै साम्राज्ञीले फिल्म छायाङ्कन ताका गाउँले परिवेशमा ढल्न केही गाह्रो भएको अनुभव साटिन्। शाहले भनिन्, ‘गाउँमा सुटिङ गर्दा कतिपय शब्दको अर्थ थाहा थिएन। उच्चारण गर्न समेत नआउने। जब म उहाँहरु अन्य (कलाकार)लाई भेट्छु, बडी ल्यांग्वेज र बानी विस्तारै परिवर्तन हुन्छ। सबैले मलाई एकदम सहयोग गर्नुभयो।’

चर्चित कलाकार राखेर मात्रै फिल्म हिट नहुने भन्दै साम्राज्ञीले मेकरले फिल्म र स्टोरी राम्रो बनाउने पर्ने धारणा राखिन्।

‘अहिले फेमस कलाकार राखेर फिल्म हिट हुन्छ भन्ने जमना पुरानो भइसक्यो। फिल्मको स्टोरी राम्रो हुनुपर्छ। हिरो हिरोइन राखेर हुन्न।’

कपिल रिजाल निर्देशितमा बनेको यो फिल्म फिल्म माघ २० गतेबाट प्रदर्शन हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell