PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
प्रतीकात्मक स्केच

बुटवल : दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरका ४५ वर्षीय पूर्ण पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनायो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको रा १ झ १९७ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ८९५० नम्बरको मोटरसाइकललाई घोराही–१३ दारेबोट चोकमा ठक्कर दिएको थियो। 

दुर्घटनामा परी गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। एम्बुलेन्ससहित चालक रोल्पाको त्रिवेणी गाँउपालिका–२ का २८ वर्षीय निर्मल महरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell