PahiloPost

Dec 30, 2025 | १५ पुष २०८२

अभिनेत्री अथिया सेट्टी र क्रिकेटर केएल राहुलले गरे बिहे



पहिलोपोस्ट

अभिनेत्री अथिया सेट्टी र क्रिकेटर केएल राहुलले गरे बिहे

बलिउड अभिनेत्री अथिया शेट्टी र क्रिकेटर केएल राहुल वैवाहिक बन्धनमा बाधिएका छन। केही वर्षदेखि प्रेमसम्बन्धमा रहेका अथिया र केएलले सोमवार लगनगाँठो कसेका हुन्।  

खण्डाला बंगलामा भएको विवाह समारोहमा फिल्म र क्रिकेट क्षेत्रका सीमित व्यक्तिहरुको उपस्थिति थियो। बिहे सम्पन्न भएसँगै आथियाले इन्स्टाग्राममा फोटो सार्वजनिक गरेकी छिन्।

‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकेको छु। आज हामीले हाम्रा प्रियजनहरूमाझ एउटा घरमा विवाह गरेका छौँ। जसले हामीलाई अपार खुशी र शान्ति प्रदान गरेको छ। हामी यो नयाँ यात्राको लागि हृदयदेखि तपाईहरूको आशीर्वाद चाहन्छौं,’ अथियाले क्याप्सनमा लेखेकी छिन्।

उनीहरुको रिसेप्सन पार्टी आईपीएल (इन्डियन प्रिमियर लिग) सकिएपछि गरिने बताइएको छ। फिल्म ‘हिरो’बाट डेब्यू गरेकी अथिया अभिनेता सुनिल सेट्टीकी छोरी हुन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Athiya Shetty (@athiyashetty)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell