PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

केनको गोलमा टोटेनहमको जित



पहिलोपोस्ट

केनको गोलमा टोटेनहमको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहमले फुलहममाथि जित निकालेको छ। क्राभेन कटेन स्टेडियममा सम्पन्न खेलमा टोटेनहमले घरेलु टोलीमाथि ०-१ गोलअन्तरले जित निकालेको हो।

टोटेनहमको जितमा ह्यारी केनले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको इन्ज्युरी समयमा सन ह्युङ मिनको पासमा गोल गरेका थिए। त्यसअघि केही उत्कृष्ट अवसर बनाएको फुलहम स्कोर गर्न भने असफल रहेको थियो।

' पछिल्ला केही खेलमा पराजय ब्यहोरिरहेको समयमा हाम्रो लागि यो जित महत्वपूर्ण थियो। यसले विजयी शैलीमा फर्कन प्रेरित गर्नेछ।' केनले भने।

जितसँगै २१ खेलबाट ३६ अंक जोडेको टोटेनहम अंकतालिकाको पाँचौँ स्थानमा छ। समान खेलबाट ३१ अंक जोडेको फुलहम तालिकाको सातौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell