PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्रहरी प्रवक्तामा डीआइजी पोषराज पोखरेल



रासस

प्रहरी प्रवक्तामा डीआइजी पोषराज पोखरेल
फोटो : नेपाल प्रहरी

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई दिइएको छ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमवार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell