PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

क्यालिफोर्नियामा फेरि चल्यो गोली : ७ जनाको मृत्यु



पहिलोपोस्ट

क्यालिफोर्नियामा फेरि चल्यो गोली : ७ जनाको मृत्यु
Photo : CBS

अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ७ जनाको मृत्यु भएको छ। गोली चलाउने व्यक्ति ६७ वर्षीय छाउ चुलीरहेको प्रहरीले जनाएको छ। हाल उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

सो व्यक्तिले दुईस्थानमा गोली चलाएको प्रहरी अनुसन्धानमा खुलेको छ। चारजनाको शव च्याउ फार्ममा र बाँकी तीनजनाको शव 'ट्रकिङ' व्यवसाय भइरहेको स्थानमा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गोली चलाउनुको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रहरीले चुलीसँग 'सेमि अटोमेटिक' बन्दुक पनि फेला पारेको छ। उनको गोली लागेर थप एकजना घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ।

क्यालिफोर्नियामा नै दुई दिनमात्रै गोलीकाण्ड भएको थियो। सो घटनामा एक वृद्ध व्यक्तिले गोली चलाएर ११ जनाको हत्या गरेका थिए। पछि संदिग्ध व्यक्ति नै कारमा मृत फेला परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell