PahiloPost

Apr 10, 2025 | २७ चैत्र २०८१

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै



पहिलोपोस्ट

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं : संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुको नाम हेरफेर गर्ने र सभालाई जानकारी दिने कार्यतालिका रहेको छ।

यस्तै, आजको बैठकमा नवनिर्वाचित सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई दलीय आधारमा बधाई र शुभकामना ज्ञापन गर्ने कार्यसूचीसमेत रहेको छ।

दुवै सदनमा आज केही विधेयकहरुको बारेमा छलफल पनि हुन सक्ने जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell