PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शाहरुखको 'पठान' लाई दर्शकको साथ, केजीएफ-२ को रेकर्ड तोड्ने विश्लेषण



पहिलोपोस्ट

शाहरुखको 'पठान' लाई दर्शकको साथ, केजीएफ-२ को रेकर्ड तोड्ने विश्लेषण

शाहरुख खान र दीपिका पादुकोण अभिनित बलिउड फिल्म ‘पठान’ भोलिबाट प्रदर्शन हुँदैछ। रिलिज अघि नै विवाद र बहिष्कारमा परेको यस फिल्मले अग्रिम बुकिङमा भने रेकर्ड कायम गरिरहेको छ।

निर्माण टिमले २० जनवरीदेखि भारतमा फिल्मको अग्रिम बुकिङ सुरु गरेको थियो। जसअनुसार पहिलो दिन नै १ लाख ७१ हजार टिकट बुकिङ भएको थियो। २४ जनवरीको बिहानसम्म ४ लाख ३० हजार टिकट बुकिङ भइसकेको छ। योसँगै पठान अग्रिम बुकिङका हिसाबले सबैभन्दा ठूलो हिन्दी फिल्म बनेको छ।

यसअघि दक्षिण भारतीय फिल्म ‘केजीएफ-२’ ले पनि आक्रामक ओपनिङ गरेको थियो। यस फिल्मको लागि रिलिज अघि ५ लाखभन्दा बढी अग्रिम टिकट बुकिङ गरिएको थियो। ट्रेड एनालिस्ट तथा फिल्म समीक्षक सुमित कडेलका अनुसार पठानले ‘केजीएफ २’ को रेकर्ड तोड्नेछ।

मुम्बईमा शाहरुखका एक फ्यानले जनवरी २५ मा हुने पहिलो शोका लागि पुरा थिएटर नै बुक गरेका छन्। सो टिकट एसिड पीडित युवतीहरु र शाहरुखका फ्यानहरूलाई बाँडिनेछ। ट्रेड विश्लेषक तथा समीक्षक तरुण आदर्शले पठानको रिलिजसँगै कोरोनाको समयमा बन्द भएका देशभरका २५ वटा सिंगल स्क्रिन थिएटर पुनः सञ्चालनमा आएको बताए।

जसरी पठानको एडभान्स बुकिङ भएको छ, त्यसबाट लामो समयपछि बलिउडलाई पुरानै लयमा फर्काउने अपेक्षा गरिएको छ। पहिलो दिन पठानले ४५ करोड भारतीय रुपैयाँको ओपनिङ गर्ने अनुमान छ। साथै रिलिजको दुई/तीन दिनमै सय करोडको आकंडा पार गर्ने बताइएको छ।  

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख, जोन र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell